प्रधानमन्त्री सुशीलासँगै सपथ लिने मन्त्रीमा ओमप्रकाश र कुलमान !


काठमाडौं – अन्तरिम सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छिन् ।

नेपालको इतिहासमा पहिलोपटक सरकार प्रमुखका रुपमा कार्की नियुक्त भएकी हुन् । उनी यसअघि पहिलो प्रधानन्यायाधीश पनि बनेकी थिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजे सपथ गराएसँगै कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने जनाइएको छ ।

स्रोतका अनुसार आज कार्कीबाहेक कम्तीमा २ मन्त्रीले सपथ गर्ने जनाइएको छ ।

अर्का मन्त्रीमा आन्दोलनरत जेनजी समूहको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका सल्लाहकार रहने जनाइएको छ ।

मन्त्रीका लागि बालेनको सल्लाहकारका रुपमा रहेका ओमप्रकाश अर्यालको सम्भावना बलियो रहेको स्रोतले जनाएको छ ।

उनी अन्तरिम सरकार गठनका लागि जेनजीको तर्फबाट छलफलमा सहभागि भएका थिए ।

त्यस्तै अर्का मन्त्रीका रुपमा कुलमान घिसिङको सम्भावना बढी रहेको छ ।  तर, यसको टुंगो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नै गर्नेछिन् ।

प्रतिक्रिया