
देशभर ११ हजारभन्दा बढी कैदी अझै फरार
काठमाडौं- देशभरका कारागार तोडफोडपछि भागेका कैदीमध्ये साढे ११ हजारभन्दा बढी अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेका अनुसार, २४ भदौमा जेनजी आन्दोलन उग्र बनेपछि २६ वटा कारागार र ९६२ बालबन्दी गृहका कैदीहरूसहित १३ हजार ७७९ जना फरार भएका थिए।
तीमध्ये २ हजार ३१८ जना पक्राउ परेका वा आफैं फर्किएका भए पनि हालसम्म ११ हजार ४६१ जना कैदीबन्दी फरार नै छन्।
फरारमध्ये चर्चित अपराधीहरू पनि छन्। सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ र अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसमेत फरार रहेको विभागले जनाएको छ।



कागजपत्र |
