नक्खु कारागार प्रशासनले भन्यो- फरार भएकाहरू अविलम्ब सम्पर्कमा आउनू


ललितपुर- ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीहरूलाई तत्काल आत्मसमर्पण गरी आधिकारिक सम्पर्कमा आउन आग्रह गरेको छ।

कारागार प्रशासनले शुक्रबार जारी गरेको अपिलमा भनिएको छ, “कानुनी प्रक्रिया र विधिको पूर्ण पालना गर्नुपर्ने भएकाले सम्पर्कमा आउनु जरुरी छ। तत्काल नफर्किए भविष्यमा पाउने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्न सक्नेछ।”

भदौ २४ गतेको घटनापछि नक्खु कारागारबाट रास्वपा सभापति रवि लामिछानेसहित करिब १४ सय कैदीबन्दी बाहिरिएका थिए। लामिछानेले भने आफूलाई कानूनी प्रक्रिया पूरा गरेरै छाडिएको दाबी गरेका छन्।

त्यसैबीच, फरारमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व राज्यमन्त्री सञ्जय टकला सहितका कैदीहरू काभ्रेको मंगलटारबाट पक्राउ परेका छन्।

प्रतिक्रिया