आफू निकटका मन्त्रीलाई राजीनामा गर्न शेखरको निर्देशन


काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोनमार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री छन् ।

कृषिमन्त्री अधिकारीले आफूलाई नेता डा. कोइरालाले राजीनामा दिन भनेको र राजीनामा दिने तयारीमा रहेको जानकारी दिए । अरू मन्त्रीहरूले पनि राजीनामाको तयारी गरिरहेको उनले बताए ।

 डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् ।

प्रतिक्रिया