
उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई
काठमाडौं – गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् ।
त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् । तत्कालिन एआईजी टेकबहादुर तामाङले अवकाश लिएपछि राना निमित्त प्रमुख भएका थिए ।
सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।



कागजपत्र |
