एमाले महाधिवेशन : अध्यक्ष ओलीले कर्ण थापालाई राख्न दिएनन् फरक मत


काठमाडौं- एमाले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मतबारे धारणा राख्न रोक लगाइएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनअन्तर्गत शनिबार दोस्रो दिनको सत्रमा थापाले आफ्नो फरक मत राख्न चाहेका थिए। तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई फरक मत राख्नबाट रोकेका हुन्।

थापाले आफ्नो ३० पेजको फरक मत छापेर महाधिवेशन हलमा वितरण गरेका छन्। तर त्यसलाई प्रस्तुत गर्न भने नदिइएको हो।

थापाको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नरोक्न र उनलाई पार्टीमा जिम्मेवारी दिन माग गरिएको छ।

प्रतिक्रिया