
निर्णायक खेलमा नेपाल ‘ए’ र आसाम प्रदेश आज भिड्दै
काठमाडौं – नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग पाचौं तथा अन्तिम टी–२० खेल खेल्दैछ ।
उक्त खेल भारतको गुवाहाटीमा साँझ ५ बजेबाट सुरु हुनेछ ।
उक्त खेल सिरिजको निर्णायक खेल हो । यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ ।
दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका छन् । पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो ।
नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो। चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो ।
नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी–२० सिरिज खेलेको छ ।



कागजपत्र |
