सङ्खुवासभामा पहिलोपटक महिला सिडियाे


सङ्खुवासभा- सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (सिडियाे) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन् । जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८ औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरेकी हुन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन् ।

उनले भनिन- ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।’

प्रतिक्रिया