सुनको मूल्य २ लाख नजिक, प्रतितोला चार सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य कीर्तिमानबराबर हो । गएको साउन २३ गते पनि छापावाल सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मको उच्च हो ।

बुधबार (भदौ ११) छापावाल सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया