
स्याङ्जामा स्वास्थ्य चौकी तोडफोड, २२ वर्षीय युवक पक्राउ
स्याङ्जा – आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पुतलीबजार नगरपालिका–२ चिरुवा निवासी २२ वर्षीय रामकिसन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
हालै उद्घाटन भई सञ्चालनमा आएको स्वास्थ्य केन्द्रको झ्याल र ढोका आइतबार राति तोडफोड भएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्दा गुरुङको संलग्नता भेटिएपछि उनलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार सोही वडाका स्थानीय गुरुङमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा स्याङ्जा अदालतले १० दिनको म्याद थप गरेको छ।



कागजपत्र |
