
एउटाबाट राजीनामा दिएर अर्को समितिको सभापतिका लागि उम्मेदवारी दर्ता
काठमाडौं — निवर्तमान संसदीय सुनुवाई समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक सुनुवाई समितिबाट राजीनामा दिएर साउन २८ देखि रिक्त रहेको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएको सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए ।
उनको उम्मेदवारीमा प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् । खतिवडा यो भन्दा अघिका समिति सभापति थिए ।



कागजपत्र |
