
पशुपतिका भक्तजनलाई शीतल बनाउन ‘वाटर ड्रपलेट’
काठमाडौं- पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।
आज तीजको दिन मन्दिरमा हुने भक्तजनको घुईंचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानका लागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शितलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो ।
यसबाहेक पनि कोषले भक्तजनको सहजताका लागि विभिन्न सेवा सुविधाको व्यस्था गरेको छ । अरु वर्षझैं यस वर्षमा पनि मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति छ ।



कागजपत्र |
