सार्वजनिक यातायात महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आह्वान गरेको छ।

सोमबार जारी विज्ञप्तिमा महासंघले अव्यवहारिक विषयहरूको संशोधन नगरेसम्म कुनै पनि सार्वजनिक, पर्यटन र ढुवानी, निजी र प्राइभेट यातायात सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ।

महासंघले चेतावनी दिएको छ कि जबरजस्ती नम्बर प्लेट जडान गर्ने प्रयास र त्यसका लागि हुने दबाब र विरोधका गतिविधिको जवाफदेही यातायात मन्त्रालय अन्तर्गतका निकाय नै हुनेछन्।

महासंघको ठहर अनुसार, नेपाली भाषाको देवनागरी लिपी लोप हुने, आवश्यक पूर्वाधारविना नागरिक र सम्पूर्ण यातायात व्यवसायमा आर्थिक भार पर्नु, र एकपक्षीय निर्णयका कारण सवारी सम्बन्धी विवरण विदेशी नियन्त्रणमा पुगेर राष्ट्र कमजोर हुने जोखिम रहेको छ।

प्रतिक्रिया