
नाडा अटो शो सम्पन्न, १ लाख ६० हजार बढीले गरे अवलोकन
काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको १७औँ नाडा अटो शो–२०२५ भव्यतापूर्वक सम्पन्न भएको छ। भदौ ३ गतेदेखि सुरु भएको यो प्रदर्शनी आज समापन भएको हो।
नाडाका अध्यक्ष करण चौधरीका अनुसार, यसपटकको अटो शो ऐतिहासिक रूपमा सफल रह्यो। “हामीले १७औँ संस्करणलाई निकै भव्य बनाउन सफल भयौँ,” उनले भने, “यो ऐतिहासिक शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गर्नुभएको तथ्यांक छ।”
उनका अनुसार, ६ दिनसम्म चलेको नाडा अटो शोले ऐतिहासिक उपलब्धि हात पारेको छ।
समापन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सडक सुरक्षासम्बन्धी नाडाले उठाएका नीतिगत विषयलाई मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए। उनले नेपालमा सडक दुर्घटनाका कारण हरेक वर्ष हजारौँको ज्यान जाने तथ्य उल्लेख गर्दै प्रभावकारी सुरक्षा उपाय आवश्यक रहेको बताए।



कागजपत्र |
