नेपाली कन्टेन्ट क्रियटर सामाजिक सञ्जालबाट कमाए साढे तीन अर्ब


काठमाडाैं- नेपालीहरूले युट्युब, टिकटक र फेसबुकमार्फत गत आर्थिक वर्ष २०८१/८२ मा कुल ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ आम्दानी गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार, सामाजिक सञ्जालमा भिडियो कन्टेन्ट तयार पारेर पोस्ट गर्ने क्रियटरहरूको संख्या दिनानुदिन बढ्दै गएको छ र उनीहरूले लाखौँ रुपैयाँ कमाइ गर्दैछन्।

राष्ट्र बैंकले यस्तो कमाइको तथ्यांक संकलन गर्न सुरु गरेको छ। त्यसैगरी, नेपालीहरूले विदेशी अडियो तथा भिडियो सेवाहरूको प्रयोग गरेर ७८ करोड ९० लाख रुपैयाँ बाहिर पठाएका छन्।

प्रतिक्रिया