
प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।
आइतबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहयोगका सम्भावित क्षेत्र र आपसी हितका विषयमा विचारविमर्श भएको जनाइएको छ ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।
उनले आजै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि भेट गरिसकेकी छन् । उपराष्ट्रपति सुआन भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्कने तालिका छ ।



कागजपत्र |
