एमालेको कारबाही अनेरास्ववियुमा, तीन नेतासँग २४ घण्टे स्पष्टीकरण


काठमाडौं – नेकपा एमाले ओली पक्षका विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ।

पार्टीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि थालेकै शैलीमा ओली पक्षका विद्यार्थी संगठद अनेरास्ववियुले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो।

अखिल अध्यक्ष ऐन महरले आइतबार एक विज्ञप्ति जारी गर्दै निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई २४ घण्टे स्पष्टीकरण माग गरिएको छ।

केही हप्ताअघि मात्र माधव नेपाल पक्षले अनेरास्वियुमा पराजुली अध्यक्ष, आलम सहअध्यक्ष र लामालाई महासचिव चयन गर्ने निर्णय गरेको थियो।

अध्यक्ष महरले २४ घण्टे स्पष्टिकरण माग्दै निर्धारित अवधिमा कुनै प्रतिक्रिया प्राप्त नभएमा विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन्।

महरले संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेकोरु भन्ने प्रश्न समेत गरेका छन्। १५ चैत गते नै स्पष्टीकरण बुझाउनुपर्नेमा अहिलेसम्म नबुझाएको भन्दै यो नै अन्तिम मौका भएको चेतवानी छ।

प्रतिक्रिया