
धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा ६ घाइते
धादिङ- धादिङमा भारतीय ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब साढे ३ बजे धुनिवेशी नगरपालिका–७ घट्टामोड, नौबिसे नजिकै त्रिभुवन राजपथमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई युपि ५१ सिटी २६०१ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको हो।
ठक्करपछि ट्रक अनियन्त्रित भई करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। सो क्रममा मोटरसाइकलमा रहेका तथा ट्रकमा सवार गरी दुबै सवारीका यात्रुहरू घाइते भएका हुन्।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
