कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै


काठमाडौं – प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दैछ ।

बिहान साढे ११ बजे नयाँ वानेश्वरस्थित शंकर हलमा बस्ने बैठकमा प्रतिनिधि सभाको क्यालेन्डरको विषयमा छलफल गर्ने कार्यसूची छ । क्यालेन्डरमा संवैधानिक परिषद् सम्बन्धी विधेयक राख्ने कि नराख्ने भन्ने विषयमा छलफल हुनेछ ।

प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउँदै आएको छ । भदौ दोस्रो साताभित्रै संवैधानिक परिषद् विधेयक अगाडि बढाउने तयारी थियो । तर, नेपाली काँग्रेस र नेकपा एमालेले भदौ तेस्रो साता मात्रै यो विधेयक अगाडि बढाउने तयारी गरेका छन् ।

यो विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा थप छलफल हुनेछ ।

प्रतिक्रिया