राजगढका वडाध्यक्ष साहको निधन


काठमाडौं – सप्तरीको राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन्।

जनता समाजवादी पार्टीबाट निर्वाचित  उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उहाँका दुई छोरा र तीन छोरी छन्।

२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया