नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन जडान


काठमाडौं- नेपालमा पहिलो पटक टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन र दुई वटा रिपोर्ट भेन्डिङ मेसिन जडान गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मेसिनको शुभारम्भ गर्दै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।

डिजिटल पीसीआर मेसिनले कोभिड, निपा भाइरस, क्यान्सरसम्बन्धी जेनेटिक रोग र अन्य सङ्क्रामक रोग पत्ता लगाउन प्रयोग हुने प्रविधि हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी डा. सन्तोष सुवेदीका अनुसार यो मेसिनले सानो मात्र नमुनामा पनि अत्यन्तै थोरै जीवाणु वा भाइरस पत्ता लगाउन सक्षम छ।

भेन्डिङ मेसिनमार्फत सेवाग्राहीले घण्टौँ लाइन बस्न नपरी आफैं रिपोर्ट प्रिन्ट गर्न सक्ने सुविधा उपलब्ध भएको छ। मन्त्रालयले यस प्रविधिको विस्तारले नेपालको रोग निदान क्षमता बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा पहुँच सहज बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया