कांग्रेस र एमालेले आकस्मिक रुपमा सांसदहरूलाई संसदीय दल कार्यालयमा बोलाए, उपसभामुख रानाविरुद्ध महाअभियोगको तयारी !


काठमाडौं — सत्ता साझेदारका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी स्वरुप यी दुई दलहरुले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको जनाइए पनि त्यसको आधारिक पुष्टी भने भइसकेको छैन ।

कांग्रेस संसदीय दल कार्यालयका अनुसार १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने जनाइएको छ भने नेकपा एमालेले भने आप्mना सांसदहरुलाई १० बजे नै संसदीय दलको कार्यालयमा बोलाएको छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

प्रतिक्रिया