रूपन्देही–३ उपनिर्वाचनका लागि दल दर्ता सकियो, २६ दल सूचीकृत


काठमाडौं- रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार दर्ता प्रक्रियामा कानुनी मापदण्ड पूरा गरेका दललाई मान्यता दिइएको हो ।

आयोगले आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सबै राजनीतिक दललाई दर्ता गर्न आह्वान गरेको थियो । यस क्रममा साउन २१ देखि २७ गतेसम्मको अवधिमा २७ दलले निवेदन दिएका थिए । तीमध्ये आवश्यक कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई मात्र दर्ता गरिएको आयोगले जनाएको छ ।

यसअघि आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ । सोअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन साँझ प्रारम्भिक नामावली प्रकाशित गरिनेछ ।

यस्तै, असोज २४ गते अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मतदान भने कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने कार्यक्रम छ ।

प्रतिक्रिया