महोत्तरीकाे जलेश्वर कारागारका बन्दीको मृत्यु


महोत्तरी – जलेश्वर कारागारमा पुर्पक्षका लागि रहेका एक बन्दीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय राजकिशोर साह रहेकाे जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्।

शनिबार राति अचानक बेहोस भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याइएको थियो। कारागार प्रमुख क्षेत्रीका अनुसार, अस्पतालमा उपचारकै क्रममा उनीको मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।

प्रतिक्रिया