किन भेटे कांग्रेस नेता पौडेलले जसपा अध्यक्ष ठाकुरलाई ?


काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमसँगै सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन्।

आइतबार बिहान हात्तीवनस्थित ठाकुरको निवासमा पुगेर पौडेलले उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन्।

बिहान करिब साढे ९ बजेतिर पुगेका पौडेल र ठाकुरबीच आधा घन्टा कुराकानी भएको थियो ।

त्यसअघि कांग्रेसले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको थियो। साथै आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको थियो।

प्रतिक्रिया