
गंगालालका वरिष्ठ सर्जनले अमेरिका पुगेर दिए राजीनामा
काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राजीनामा पत्र सार्वजनिक गर्दै डा. कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी पद छोड्ने निर्णय गरेको बताएका छन्। मंगलबार अमेरिका पुगेका उनी अहिले त्यहीँ रहेका छन्।
डा. कोइरालाले गंगालाल हृदय केन्द्रमा कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनको रूपमा २५ वर्ष सेवा गरेका थिए। विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ (३० असोज २०८२) अघि केन्द्रमा उपस्थित हुन नसक्ने भन्दै उनले उक्त मितिदेखि राजीनामा स्वीकृत गर्न आग्रह गरेका छन्।
‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ।



कागजपत्र |
