पूर्वमुख्यमन्त्री लामा समूहका १३ सांसद हेटौँडामा, बानियाँलाई विश्वासको मत दिने


हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह अन्ततः हेटौँडा पुगेको छ। काठमाडौँबाट आएका लामा समूहका १३ सांसद हेटौँडामा भेला भई प्रदेशसभा बैठकको तयारी गरिरहेका छन्।

प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्ने भनिए पनि ढिलाई हुँदैछ। लामो समयसम्म विवादमा रहेका सांसदहरूको उपस्थितिले अब मुख्यमन्त्री बानियाँको विश्वासको मत प्रक्रियामा गतिशीलता आउने अनुमान छ।

प्रतिक्रिया