
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट खतिवडाले दिए राजीनामा
काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो ।
संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाए ।



कागजपत्र |
