
जिउँदै श्रीमतीको मृत्युदर्ता गरेपछि…
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरैया महेन्द्रनगरमा दयाराम गिरीले आफ्नी श्रीमती गोमतीदेवी गिरी (नाथ) को जिउँदै मृत्युदर्ता गरेका छन्। दयारामले २०७६ साल फागुनमा गोमतीलाई मृत्यु भएको भनेर वडा कार्यालयमा मृत्युदर्ता गराएका थिए, तर गोमती हालसम्म जिउँदै छिन्।
दयाराम र गोमती प्रेम सम्बन्धमा रहेर ४ पुस ६६ मा विवाह गरेका थिए। केही समयपछि विवाद भएपछि गोमती २०७५ साल असारमा माइती गइन्। त्यसपछि दयारामले श्रीमतीले अर्कैसँग विवाह गरेको आरोप लगाएका थिए भने गोमतीले त्यो असत्य भएको बताएकी छिन्।
दयारामले २०७६ साल फागुनमा मृत्युदर्ता गराएर जेठी श्रीमतीको नाममा रहेको १० धुर जमिन आफ्ना र छोराको नाममा नामसारी समेत गरेका छन्। गोमतीले ६ वर्षपछि उक्त मृत्युदर्ता प्रमाणपत्रको बारेमा थाहा पाएकी हुन्। उनी न्यायको माग गर्दै मृत्युदर्ता खारेज गर्नुपर्ने बताएकी छिन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिका वडा कार्यालयले घटनाको छानबिन गरिरहेको र आवश्यक कारबाही हुने जानकारी दिएका छन्।



कागजपत्र |
