भक्तपुरको गाईजात्रामा झडप, भिडियो भाइरल भएपछि तीनजना पक्राउ


काठमाडाैं- भक्तपुरको गाईजात्रा पर्वका क्रममा न्यातापोल मन्दिरअगाडि भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

आइतबार राति युवाहरूबीच भएको झडपको उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले यस घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएकाे बताए।

उनका अनुसार, घटनामा अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। भिडिओमा युवाहरूले लाठी, मुक्का र लात्ती प्रहार गरेको देखिन्छ। यो झडप किन भयो भन्ने विषयमा अहिले सम्म स्पष्ट तथ्य सार्वजनिक भइसकेको छैन।

डिएसपी न्यौपानेले झडपमा केही व्यक्तिहरू घाइते भएको र प्रहरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया