
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – स्थानिय बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । आज चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।



कागजपत्र |
