साउदी अरबमा एकै दिन आठ जनालाई मृत्युदण्ड


रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी समाचार संस्था एसपीएका अनुसार चार जना सोमाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएका छ ।

सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ । तीमध्ये १ सय ५४ जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया