ऐना पहरा दुर्घटना : ७ घाइते, २ जनाको अवस्था नाजुक


तनहुँ – तनहुँको ऐना पहरामा गम्भीर बस दुर्घटना भएको छ । आइतबार दिउँसो गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १०७७ नम्बरको यात्रुबाहक बस सडकबाट चिप्लिएर मर्याङ्दी नदी किनार झरेपछि ७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेका मध्ये २ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिएका छन् ।

उनका अनुसार बसले यात्रु झारेपछि ड्राइभरले ऐना पहरा हेर्न भन्दै बस रोकेका थिए, तर बस अचानक चिप्लिएर सडकबाट तल खसेको हो ।

“केही यात्रु मात्र बसभित्र थिए, हामीले ७ जनालाई उद्धार गरेका छौं,” थापाले भने, “बसको अगाडिको भाग पानीमा डुबेकाले थप यात्रु पनि हुन सक्ने अनुमान छ। खोज र उद्धार जारी छ।”

प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा उद्धार कार्य तीव्र पारिएको छ । दुर्घटनास्थलमा भिडभाड भएको छ भने यात्रुको सूचीबारे थप जानकारी संकलन भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया