प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्चपदस्थ नेताहरूमाथि शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत उजुरी पठाएका हुन्। उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू वामदेव गौतम, कृष्णप्रसाद सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधि, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरिएको छ।

उजुरीमा उनीहरूले पदमा रहँदा अधिकारको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप लगाइएको छ। हालसम्म उजुरी दर्ता भने भइसकेको छैन।

प्रतिक्रिया