बागमती कांग्रेसमा लामाले गुमाए संसदीय दल नेताको हैसियत


हेटौंडा – बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

आज भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

विश्वासको मत सम्बन्धी निर्णय लिन केन्द्रीय सदस्य एवं केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितमा बसेको संसदीय दलको बैठकमा लामा विरूद्धको विस्वासको मत पारित भएको हो ।

अविश्वास प्रस्ताव दर्ता गर्दा २१ सांसदले हस्ताक्षर गरेको बुझाएकोमा निर्णयका क्रममा २२ सांसदले समर्थन गरेका छन्।

यो संगै इन्द्र बानियाँलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ । संसदीय दलको नेतालाई गोप्य मतदान हुनेछ ।

प्रतिक्रिया