
विपिन जोशीको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन
इजरायल- इजरायलमा रहेका नेपाली समुदायका सदस्यहरूले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल र सुरक्षित रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
तेल अविभस्थित किडन्याप स्क्वायरमा आयोजित सभामा सहभागी हुँदै उनीहरूले जोशीसहित सबै बन्धकको रिहाइको माग गरेका हुन्। कार्यक्रममा प्लेकार्ड, नेपालको झण्डा तथा विपिनको तस्बिरसहित प्रदर्शनकारीहरूले सहभागिता जनाएका थिए। र्यालीमा इजरायली नागरिकहरूको पनि उल्लेख्य उपस्थिति थियो।
२३ वर्षीय विपिन जोशी कृषि अध्ययनका लागि विशेष शैक्षिक कार्यक्रमअन्तर्गत हमास आक्रमण हुनु तीन हप्ता अगाडि मात्रै इजरायल आएका थिए। उनी दक्षिण इजरायलको एक किब्बुट्जमा कार्यरत थिए। २०२३ अक्टोबर ७ मा हमासले गरेको भीषण आक्रमणको क्रममा विपिन अन्य विदेशी श्रमिक तथा स्थानीय इस्रायलीहरूसँगै गाजामा अपहरणमा परेका थिए।
उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए। विपिन भने घटनापछि सम्पर्कविहीन भएका र पछि हमासको नियन्त्रणमा रहेको पुष्टि भएको हो।



कागजपत्र |
