४ अंकले नेप्से बढ्दा साढे १८ अर्बको कारोबार


काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको छ ।

बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरमा कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज बजार परिसूचक हरियो देखिए पनि घट्ने कम्पनीको सङ्ख्या बढी रह्यो। कुल कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १२७ कम्पनीको सेयर मूल्य घट्यो। कुनै पनि कम्पनीको मूल्य भने स्थिर रहेन ।

दिनभरमा ३२८ वटा स्क्रिपको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक खरिदबिक्री भएको थियो ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी ७७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो। त्यसैगरी, ङादी पावरको ७१ करोड ९१ लाख र ग्रीन भेञ्चरले ६६ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज गुडविल ग्रीन भेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन्। ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावरको सेयरमा समेत सकारात्मक सर्किट लागेको छ ।

आज बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।

 

प्रतिक्रिया