कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ


कैलाली- कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जबर्जस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका– ४, मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया