पहिरोले खुर्कोट-घुर्मीखण्ड अवरुद्ध


सिन्धुली – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट-घुर्मीखण्ड अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको वर्षाका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ बसेरी नजिकै सडक माथिबाट पहिरो र लेदो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकमाथिको कुलोबाट पहिरो र लेदो खस्दा आइतबार बिहान २ बजेबाट सडक पुर्णरूपमा अवरुद्ध भएको सिन्धुली प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको बताइएको छ ।

वर्षात्का कारण राजमार्गको विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया