
पत्रकार प्रजापतिले गरे आत्महत्या
जनकपुरधाम – रौतहटमा रहेर पत्रकारिता गर्दै आइरहेका रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् ।
कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।
झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।
पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए ।



कागजपत्र |
