यातायात कार्यालय कास्कीका कर्मचारी ७ हजार घुससहित पक्राउ


पोखरा- यातायात व्यवस्था कार्यालय, कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेल ७ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयबाट खटिएको टोलीले पौडेललाई मंगलबार सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार पौडेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी अनलाइन फारम भरिदिने, लिखित परीक्षा उत्तीर्ण गराउने र ट्रायल परीक्षामा समेत पास गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रकम लिएका थिए ।

घुस रकम लिइसकेपछि पक्राउ परेका पौडेलमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया