
तीर खेल अभ्यासका क्रममा मनमैजुमा दुर्घटना, एकजना घाइते
काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु खेल मैदानमा तीर हान्ने अभ्यासका क्रममा एक जना व्यक्ति घाइते भएका छन् ।
सोमबार दिउँसो करिब ३ बजेतिर काठमाडौं–१६, माछापोखरीका २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हानेका थिए । तर तीर लक्ष्यतर्फ नलागी त्यही क्षेत्रका ४१ वर्षीय हरिप्रसाद घर्तीलाई लागेको थियो ।
घाइते घर्तीको घाँटीको दाहिने भागमा तीर गाडिएको र उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
हाल तीर प्रहार गर्ने रितिक छन्त्याललाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
