जुम्लामा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय


काठमाडौं- जुम्लामा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

तातोपानी गाउँपालिका–४, जैइतपुरस्थित खुला चौरमा गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले बम फेला पारेको थियो। त्यसपछि जानकारी प्राप्त भएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली सोमबार घटनास्थल पुगेको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बमलाई सुरक्षीत ढंगले निष्क्रिय पारिएको हो।

प्रतिक्रिया