५ संसदीय समितिको बैठक बस्दै, अर्थको आजै २ पटक बस्ने 


काठमाडौं – संघीय संसद अन्तर्गतका विभिन्न ५ वटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको छ ।

उता, सार्वजनिक लेखा समितिको बैठकमा भने २३औं वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र पारित गर्ने योजना रहेको छ । सो समितिको बैठक पनि दिउँसो १ः०० बजे बस्नेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संसोधन) २०८१ को सबन्धमा कानुन ब्यावसायी परिषदसँग छलफल हुनेछ । जुन बैठक दिउँसाे १ः०० बजेबाट सुरू हुनेछ ।

आजै अर्थ समितिका बैठक पहिलो र दोस्रो सत्र गरी २ पटक बस्नेछ । बिहान ११ः०० र दिउँसाे १ः०० बजे गरी साे बैठक बस्नेछन् ।

प्रतिक्रिया