
सांसद रामहरि खतिवडाको खुलासा : संसद् भवन छेउ ठुलो ड्रोन खस्यो
काठमाडौं- सांसद रामहरि खतिवडाले नेपालको संसद् भवन नजिकै एउटा ठूलो ड्रोन खसेको खबर प्राप्त भएको बताएका छन्।
बुधबार संघीय संसद्को प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले असार २३ गते बेलुका ९ बजेदेखि ९:३० बजेको समयमा संसद् भवनको बायाँपट्टि ठूलो ड्रोन खसेको सूचना आएको बताएका हुन्।
उनले प्रश्न गरे, “कहाँबाट आएको थियो त्यो ड्रोन? केका लागि आएको थियो? संसद्को भवनसम्म आएर खस्दा पनि संसद्ले थाहा पायो कि पाएन?”
सांसद खतिवडाले यस्ता ड्रोनमार्फत विभिन्न ठाउँमा सूचना संकलन भइरहेका घटनाहरू उल्लेख गर्दै, हालको अन्तर्राष्ट्रिय सन्दर्भमा आतङ्ककारी गतिविधिहरू भइरहेकाले यस्तो गम्भीर विषयमा जवाफ दिन सरकारसँग माग गरेका छन्।



कागजपत्र |
