
तीन न्यायाधीशले लिए शपथ
काठमाडौं- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथ ग्रहण गराउएका हुन् ।
न्याय परिषद्काे सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उहाँहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका थिए ।
शपथ ग्रहणपश्चात् आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हालेका छन् । यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्यायपरिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।



कागजपत्र |
