
जनकपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
धनुषा- जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।
मंगलबार बिहान नुहाउने क्रममा डुबेर मृत्यु हुनेमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिनुभयो।
दुवै दिदीबहिनी पोखरीमा नुहाउन गएका बेला डुबेका थिए। उनीहरूलाई पोखरीबाट निकालेर तत्कालै उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
हाल उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
