
सिन्धुपाल्चोकको गोब्रेमा ४३.२ मिमी वर्षा, अझै पानी पर्ने सम्भावना
काठमाडौं— शुक्रबार अपराह्नदेखि मधेस बाहेकका सबै प्रदेशका जिल्लाहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हालको मौसमी प्रणालीका कारण अझै केही समय पानी पर्ने सम्भावना रहेको छ। वर्षा भइरहेका स्थानहरूमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
पछिल्ला तीन घण्टामा सिन्धुपाल्चोकको गोब्रे क्षेत्रमा सबैभन्दा बढी ४३.२ मिलिमिटर पानी परेको जानकारी दिइएको छ। यस्तै, सोलुखुम्बु, पर्वत लगायतका जिल्लाहरूमा पनि मध्यम खालको वर्षा भइरहेको छ।
महाशाखाले सतर्कता अपनाउन सुझाव दिँदै जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ।



कागजपत्र |
