काठमाडाैं आउँदै गरेको माइक्रोबस दुर्घटना, ५ जना घाइते, ३ को अवस्था गम्भीर


काठमाडौं — हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

म.प्र.०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए ।

उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

एसपी खड्काले माइक्रो घुम्तीबाट तल खसेको जानकारी दिए ।

 

प्रतिक्रिया