एसीसी यू-१६ इस्ट जोन कपः मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा


काठमाडौं – नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै १ विकेट गुमाउँदै  पूरा गरेको छ ।

नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए ।

त्यस्तै नेपालका लागि शिवांश बजगाइँले २३ रन बनाए ।

त्यसअघि नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै मलेशियालाई ९० रनमा अलआउट गरेका थिए । नेपालका अभय यादवले ४ र सुभम् खनालले ३ विकेट लिएका थिए ।

 

 

प्रतिक्रिया